ओलीलाई पक्राउ गरेको विरोधमा बालेन सरकारविरुद्ध झापामा प्रदर्शन
बिर्तामोड । एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा झापा एमाले प्रदर्शन गरेको छ ।
शनिबार एमालेको जनसंगठनहरूले झापाको बिर्तामोडस्थित मुक्तिचोकमा अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरूले बालेन सरकारको रवैयाविरुद्ध विरोध प्रदर्शन गरेको जनाएका छन् ।
गैरकानूनी र प्रतिशोधपूर्ण पक्राउको विरोधमा एमाले नेता कार्यकर्ताहरूले पार्टी कार्यालयदेखि मुक्तिचोकसम्म ¥याली गर्दै विरोध जनाएका हुन् । ¥यालीका क्रममा सरकारको कदमको विरोध गरिएको छ ।
भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनबारे पूर्वाग्रहीपूर्ण प्रतिवेदन बनाएर लोकतान्त्रिक शक्तिहरूलाई गरिएको धरपकडविरुद्ध एमाले सडकमा आएको छ ।
ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमालेले विरोध प्रदर्शन गरेको छ । मुक्तिचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेलले विदेशीको इसारामा बनेको सरकारलाई तत्काल गल्ती सच्याउन चेतावनी दिए । उनले देश नियम कानूनले चलाउन सुझाव दिँदै दुईतिहाईको दम्भ नदेखाउन आग्रह गरेका छन् ।
विभिन्न सडक आन्दोलनबाट मुलुकमा परिवर्तन ल्याएको एमालेसँग प्रतिशोध साध्ने काम भए महँगो पर्ने उनको भनाई च ।
शान्तिपपूर्ण आन्दोलनबाट एमालेको माग पूरा नभए सडकबाटै सत्ताच्यूत गराइदिने नेताहरूले चेतावनी दिएका छन् । पार्टी केन्द्रको निर्देशन बमोजिम एमालेले निरन्तर आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया