कांग्रेस सभापति देउवाद्वारा प्रधानमन्त्री बालेनलाई बधाई र शुभकामना व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएकोमा हार्दिक बधाई दिएका छन् ।
शुक्रबार सभापति देउवाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिनुका साथै कार्यकालको शुभकामना समेत दिएका छन् ।
देउवाले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
‘आजै नियुक्त हुनु भएका सबै मन्त्रिपरिषदका सदस्यहरूलाई पनि बधाई तथा सफलताको शुभकामना,’ कांग्रेस सभापति देउवाले भनेका छन् ।
सभापति देउवा उपचारका लागि हङकङमा छन् । सिङ्गापुरमा उपचारपछि देउवा हङकङ गएका हुन् । सभापति देउवासँगै उनकी पत्नी डा.आरजु राणा पनि साथमा छिन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया