गौरी आयोगको प्रतिवेदन गधाको निबन्ध जस्तो भयो, योजनाकारहरूको चाहना बमोजिम आयो : भीमार्जुन आचार्य
काठमाडौं । संविधानविद् एवम् अधिवक्ता भीमार्जुन आचार्यले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई गधा भनेर कठोर टिप्पणी गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत अधिवक्ता आचार्यले गौरी आयोगले भदौ २३ र २४ को संवेदनशील अपराध र देशद्रोहलाई पूरै विषयान्तर गरेको बताए । उनले भदौ २३ र २४ को घटनाका योजनाकार र संलग्नहरूको चाहना बमोजिम गौरी आयोगले प्रतिवेदन बनाएको बताएका छन् ।
संविधानविद् आचार्यले भनेका छन्, ‘गाईको बारेमा निवन्ध लेख्न भनेकोमा लद्दु विद्यार्थीले चार ओटा खुट्टा त मिल्छ नि भनेर गधाको निवन्ध लेखेर कपी बुझाए जस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन ।’
‘भदौ २३ र २४ को त्यति संवेदनशील अपराध र देशद्रोहलाई पूरै विषयान्तर गरी त्यो केही पनि होइन र त्यस दिन खास केही भएकै थिएन जस्तरी प्रतिवेदन बनाउन आयोग सफल भयो,’ आचार्यले भने ।
‘उक्त घटनाका योजनाकार र संलग्नहरूको चाहना यही थियो, शायद पूरा भयो,’ आचार्यले भने, ‘देश अझैं देश जस्तो हुन सकेन । जनताको करबाट पालिने राज्यका पदाधिकारी देश र जनताभन्दा अरूका सेवक जस्ता भए र देखिए ।’
भदौ २३ र २४ को जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग बनेको थियो । आयोगले बुझाएको प्रतिवेदनको चौतर्फी आलोचना भइरहेका बेला संविधानविद् आचार्यले प्रतिवेदनलाई गधा भनेर प्रतिक्रिया दिएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया