भिक्षु बताउने वाङचुक लामाद्वारा युवतीलाई गन्दा हर्कत

काठमाडौं । किमोलुङ फाउन्डेसनको अध्यक्ष र एम्नेस्टी इन्टरनेसनलको सदस्य बताउने भिक्षु वाङचुक राप्तेन लामाको आपत्तिजनक अडियो सार्वजनिक भएको छ ।

गोरखा निवासी लामाले निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत विदेशमा रहेकी युवतीलाई निकै अपशब्दसहितको अडियो सन्देश पठाएका छन् । दियो पोष्ट डटकमले सार्वजनिक गरेको अडियोमा लामाले अडियोमा भनेका छन्, ‘मेरो फेसबुकमा हेर । तिमलाई के… चाहिएको हो भने भन्नु । म त्यहि दिनमा दिउँला । कति वटा के… चाहियो भन त । लोकल के… चाहियो कि ? तलतिरको के…लाई के भन्छ ? हाइब्रिड चाहियो कि ? भनन यार ।’

‘हेपेर कुरा गर्छ यार तिमी पनि, यार । के जस्ता लाग्यो ? तिमी त्यहाँ विदेश बसेर कराएर केही पनि हुनेवाला छैन है । गाउँ चेञ्ज हुनुपर्नेछ यार,’ लामाले भनेका छन्, ‘गाउँ परिवर्तन हुनुपर्नेछ । तिमीहरू जस्तो मान्छे झोले भएर पो यसरी भयो के देश विकास भएन के । घण्टा जस्तो के खबर छ । घण्टा…घण्टा…।’

अडियोमा लामाले भनेका छन्, ‘मत कसम भन्छु तिमीलाई त अझै यति रिस उठेको छ है मलाई । हेप्ने पनि एउटा सीमा हुन्छ है । म आफ्नो ठाउँमा बस्ने मान्छे हो । मान्छेमुनि झुकिदैन । झुक्दैन पनि । के गरेको छ तिमीलाई ? झुक्नको लागि । अलिकति बिचार गर्नु है ।’

लामाले भनेका छन्, ‘जहाँ पायो त्यहिँ रुख पठाएर हिँड्ने होइन । के गरेको छ रुखले ? चुप लागेर त्यहाँ गएर बसन । के हुँ गरेर बसेको ? काम छैन । आफ्नो काम आफै नगरेर अझ निहुँ खोजेर बस्छ । मलाई के… पठाएर, रुख पठाएर । काम सबै जनतालाई अह्राउने । घण्टीलाई अनि भोट चाहिँ तारामा हाल भन्ने । तिम्रो बहिनी ताराको प्रचारमा हिँड्ने । तिमी चाहिँ कांग्रेसको हिँड्ने । दही चिउरे । चुप लागेर बस है थपक्क लागेर । काठमाडौं आएको बेलामा मज्जाले सुई लगाइदिन्छु तिमीलाई ।’

लामाले गोरखा १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुदन गुरुङलाई जिताउन प्रचार प्रसारमा खटिएका थिए । लामाले विदेशमा रहेकी ती युतवीलाई अश्लील शब्दहरू प्रयोग गरी मानसिक तनाव दिएपछि गोरखामा खैलाबैला भएको छ । लामाले सुन्नै नसकिने खालका तुच्छ र अश्लील शब्दसहितको अडियो सन्देशहरू पठाएका छन् ।

आफूलाई किमोलुङ फाउन्डेसनको अध्यक्ष र एम्नेस्टी इन्टरनेसनलको सदस्य बताउने लामा प्रायः बौद्ध मार्गीको भेषमा देखिन्छन् । लामाको बाहिरी आवरण र व्यवहारमा आकाश, जमिनको फरक देखिएको छ ।

लामाबाट भएको दुर्व्यवहारबाट पीडित बनेकी ती युवतीले अडियो सन्देश आफन्तहरूलाई पठाएकी छिन् । ती युवतीले लामाविरुद्ध प्रहरी, प्रशासनसँग सहयोग माग्ने तयारी गरेकी छिन् ।

सुदन रास्वपाबाट निर्वाचित भएका छन् । सुदनले भिक्षुका नाममा युवतीलाई अपमान, दुर्व्यवहार र यौनजन्य कार्य गर्ने ढोँगीहरूलाई कानूनी दायरमा ल्याउन पहल गर्नुपर्छ । रास्वपा र विशेष गरेर सुदनसँग गोरखा मात्र नभइ देशभरिका जनताले सुधारको अपेक्षा गरेकाा छन् । भिक्षुको नाममा गलत हर्कत गर्ने लामालाई सुदनले कारबाही गर्नतिर लाग्छन् वा संरक्षण गर्छन् समयले बताउनेछ । अश्लील सन्देशका विषयमा प्रतिक्रिया लिन लामासँग प्रयास गरिए पनि सम्पर्क हुन सकेन ।

Published : Monday, 2026 March 23, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया