‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ कार्यक्रमका लागि हिमान शाहद्वारा २५ लाख प्रदान

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले कीर्तिनारी संस्थालाई व्यापार तथा व्यवसाय प्रवर्द्धन साथै बजार विस्तारका लागि २५ लाख रुपियाँ आर्थिक सहयोग गरेकी छिन् ।

बिहीबार काठाडौंमा हिमानी कोषले आयोजना गरेको कार्यक्रममा पूर्वयुवराज्ञी शाहले कीर्तिनारी संस्था २५ लाख रुपियाँ हस्तान्तरण गरेकी हुन् । कीर्तिनारी संस्थाले ‘स्वदेश फर्क स्वदेशै स्वर्ग’ भन्ने अभियान चलाएको छ ।

‘स्वदेश फर्क स्वदेशै स्वर्ग’ भन्ने अवधारणा स्वरुप कीर्तिनारी संस्थालाई व्यापार तथा व्यवसाय प्रवर्द्धन साथै बजार विस्तारका लागि हिमानी कोषले सहयोग गरेको जानकारी दिइएको छ ।

कार्यक्रममा पूर्व अधिराजकुमारी प्रेरणा सिंह, पूर्वशाहाज्यादी दिलाशा राणाको समुपस्थितिमा कीर्तिनारी संस्थासँग आर्थिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बढ्दो युवा तथा सीप पलायनलाई न्यूनीकरण गर्दै युवापुस्ता लक्षित स्वरोजगार कार्यक्रम तथा स्थानीय उत्पादनलाई प्रोत्साहानबाट स्थानीयस्तरमै स्वरोजगार अवसर सीप विकास तथा उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको हिमानी कोषले जनाएको छ ।

Published : Friday, 2026 March 20, 10:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया