गगनको राजीनामा भद्दा मजाक, फगत स्टन्ट, फण्डा, मिडिया ट्रायल र गुटगत मिलोमतो : सूर्य थापा
काठमाडौं । एमालेका नेता सूर्यबहादुर थापाले ‘सुधारिएको कांग्रेस पार्टी’का गगनकुमार थापाले सभापतिबाट राजीनामा दिएको विषयमा आएका समाचारहरूलाई फगत स्टन्ट भनेर खारेज गरिदिएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत एमाले नेता थापाले गगनको नाम उल्लेख नगरेर राजीनाको कुरालाई फगत स्टन्ट, फण्डा, मिडिया ट्रायल र गुटगत मिलोमतोको संज्ञा दिएका छन् ।
शुक्रबार सुधारिएको कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ । बैठक बस्नुभन्दा अगाडि गगनले सभापति पदबाट राजीनामा दिएको भनेर राष्ट्रिय मिडियाहरूले समाचार लेखेका छन् । गगनले राजीनामा दिएको औपचारिक पत्र वा जानकारी कतै आएको छैन । शुक्रबारको कार्यसमितिको बैठकबाट गगनले आफ्नो राजीनामालाई अस्वीकृत गराउने मिडिया ट्रायल र फण्डा गरिरहेका बेला एमालेकै नेताहरूले समेत गगनको हर्कतप्रति व्याङ्ग्य गरेका छन् ।
एमाले नेता थापाले लेखेका छन्, ‘राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो भनेको पाइँदैन, राजीनामाको औपचारिक पत्रसमेत सार्वजनक पनि छैन ।’
‘आधिकारिता पुष्टि गर्नुपर्ने प्रवक्ता बेखबर र बुझाएको÷दिएको भनिएका उपसभापति बिलखमन्दमा परेका छन्,’ एमाले नेता थापाले भने, ‘त्यसैले यो फगत स्टन्ट, फण्डा, मिडिया ट्रायल र गुटगत मिलोमतोजस्तो मात्रै देखिन्छ ।’
थापाले भने, ‘७८ वर्ष लामो इतिहास बोकेको ‘सुधारिएको कांग्रेस पार्टी’मा अभ्यास गरिएको यो प्रकरण बचकनापनको भद्दा मजाक प्रदर्शनबाहेक केही होइन ।’
‘यदि राजीनामा दिएको सही सत्य हो भने बिहान ०८ः०० बजेसम्म केन्द्रीय कार्यालय, प्रवक्ता, उपसभापति र स्वयं सभापतिले जिम्मेवारी लिने, जवाफदेही हुने र आधिकारिकता पुष्टि एवं सार्वजनिक गर्ने हिम्मत त देखाउनु पर्ने नि ! सभापतिको सचिवालय र ४०औं ठाउँका स्मार्ट अफिस सर्लाही– ४ को पराजयसँगै खारेज भइसके र ?,’ एमाले नेता थापाले प्रश्न गरेका छन् ।
‘राजीनामा दिने÷नदिने सम्बन्धित व्यक्तिले प्रदर्शन गरेको ४८ वर्ष लामो जीवन र जवानीको निचोड होला, हामीलाई केही मतलब छैन,’ थापाले भने, ‘मोही माग्ने ढुंग्रो लुकाउनेजस्तो यो तरिका वाहियात भयो ! नैतिकता, जवाफदेहीता र पारदर्शितासँगै हरेक काम र कदमसँग आधिकारिकता अभिन्न रूपमै जोडिएको हुन्छ महाशय ।’
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया