रास्वपासहित ६ दलबाट समानुपातिक सांसदहरूको नाम आयोगद्वारा सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित भएको घोषणा गरेको छ ।

सोमबार आयोगले प्रेस विज्ञप्ति जारी गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित ६ राजनीतिक बाट निर्वाचित हुने सांसदहरूको सूची प्रकाशित गरेको हो ।

आयोगका अनुसार सबैभन्दा बढी रास्वपाबाट ५७, नेपाली कांग्रेसबाट २० जना, एमालेबाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४/४ जना निर्वाचित भएका छन् ।

आयोगका अनुसार ६ दलबाट ११० सांसद निर्वाचित हुँदा ८२ जना महिला निर्वाचित भएका छन् । सबैभन्दा बढी रास्वपाबाट ४८, दोस्रोमा कांग्रेसबाट १५, तेस्रोमा एमालेबाट १०, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ४, श्रम संस्कृति पार्टीबाट ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट २ जना रहेका छन् ।

Published : Monday, 2026 March 16, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया