कांग्रेस नेता राणाको निरन्तरको दवावपछि लेले–ठूलादुर्लुङ सडक विस्तारको २५ करोड फुकुवा
काठमाडौं । अन्तरिम सरकारले ललितपुरको लेले–भारदेव–चन्दनपुर–ठूलादुर्लुङ सडक विस्तारको रकम फुकुवा गरिदिएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदयशम्शेर राणाले अन्तरिम सरकारले सो सडक खण्डको २५ करोड रुपियाँ फुकुवा गरिदिएको बताएका छन् ।
उनले भने, ‘निरन्तरको खबरदारी र अथक प्रयास सफल भएको छ । चालु आर्थिक वर्षका लागि संघीय सरकारले विनियोजन गरेको लेले–भारदेव–चन्दनपुर–ठूलादुर्लुङ सडक विस्तारको २५ करोड रुपियाँ बजेट, जुन अन्तरिम सरकारले रोक्का गरेको थियो । आज विधिवत् रूपमा फुकुवा भएको छ ।’
‘यो केवल बजेट मात्र होइन, दक्षिण ललितपुरको समृद्धिको ढोका हो,’ राणाले भने, ‘अब यो गौरवको सडक विस्तार कार्यले तीव्र गति लिनेछ । विकासको यो यात्रामा हामी कहिल्यै थाक्ने छैनौँ, रोकिने छैनौँ ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया