देउखुरीमा तत्कालीन माओवादीका नेता एवम् स्थानीय तहका उम्मेदवार चौधरी कांग्रेसमा प्रवेश

लमही । दाङको देउखुरीमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार लमहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तत्कालीन माओवादीका नेता शोभाराम चौधरीलाई नेपाली कांग्रेसका सहमहामन्त्री एवम् दाङ क्षेत्र नं. १ का उम्मेदवार योगेन्द्र चौधरीले पार्टीमा स्वागत गरेका छन् । नेता चौधरीले शोभारामलाई कांग्रेसको पार्टी सदस्यता प्रदान गरेका हुन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा लमही नगरपालिका–७ बाट नेकपा (माओवादी केन्द्र) को तर्फबाट वडा सदस्यमा उम्मेदवार बनेका शोभाराम कांग्रेसमा प्रवेश गरेको हुन् ।

कांग्रेसका सहमहान्त्री चौधरीले लोकतान्त्रिक मूल्य र जनताको सेवाका लागि नेपाली कांग्रेस सधैं अग्रसर रहेको बताए । उनले कांग्रेस सबै अटाउने पार्टी भएको बताए ।

नवप्रवेशी शोभाराम चौधरीले अबदेखि कांग्रेसको नीति, सिद्धान्त र कार्यक्रममा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेता शोभाराम चौधरीले कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन र कांग्रेसको संगठन निर्माणमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

Published : Monday, 2026 February 9, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया