गगन–विश्वले अबैधानिक गतिविधि गरेपछि कार्यबाहक सभापति खड्काले शुक्रबार धारणा सार्वजनिक गर्ने
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर पार्टीको तर्फबाट धारणा राख्न लागेका छन् ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले व्यक्तिगत रुपमा पार्टी विधानले नदिएको अधिकार प्रयोग गरेर विशेष महाधिवेशनको नाममा भेलाको आयोजना गरेपछि कार्यबाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्न लागेका छन् । खड्काले अबैधानिक विशेष महाधिवेशनका विषयमा धारणा राख्नेछन् ।
कार्यबाहक सभापति खड्काले पौष २५ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्नेछन् । उनले अपील गरेर अबैधानिक रुपमा आह्वान गरिएको विशेष महाधिवेशनको नाममा हुन लागेको भेलालाई रोक्न र सहभागी नहुन पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र पार्टीका सबै तहलाई अपील गर्नेछन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया