प्रधानमन्त्री प्रलोभनमा परेर बालेनले काठमाडौंका मतदातालाई ३ वर्षमै अलपत्र पारे, मुद्दाको चाङ भएका रवि खुसी

काठमाडौं । प्रधानमन्त्रीको प्रस्ताव र लालचाका कारण मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरपालिकालाई ३ वर्षमै अलपत्र पारेर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न लागेका छन् ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भएको सहमतिअनुसार साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइनेछ । साहले काठमाडौं महानगरपालिकाका जनतालाई के आश्वासन दिएर जितेका थिए ? अहिले बीचमा आएर अलपत्र पारेर प्रधानमन्त्रीको पछाडि दौडिएका छन् ।

सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिका मेयरको कार्यकाल पूरा गर्नु बालेन्द्र साहको पहिलो कर्तव्य र धर्म रहेको टिप्पणी भएका छन् ।

नयाँ भन्नेहरूले पनि आखिर मध्यरात ढल्कँदा सहमति गर्ने अभ्यास पुरानैको अनुशरण गरेछन् भनेर आलोचना भएको छ ।

‘रवि लामिछानेका मुद्दाका चाङ, विवादका छरपष्ट श्रृखंला छन् र त बालेनलाई प्रधानमन्त्रीको अफर भयो,’ सामाजिक सञ्जालमा भनिएका छन्, ‘सहमति र सहमतिको जगमा शक्ति केन्द्रको छायाँले सम्झौतापछि रवि लामिछानेमा जति उत्साह बालेनमा देखिएन् ।’

‘राजनीतिक रुपमा यी दुवैको मिलनको नतिजा चुनावपछि लेखाजोखा होला नै । यिनीहरू पनि जेनजीका प्रतिनिधि होइनन् । राजनीतिमा राम्रो काम, असल व्यवहार, देश र जनताको हित चाहने नेतृत्व आवश्यक छ,’ सामाजिक सञ्जालमा भनिएका छन् ।

Published : Sunday, 2025 December 28, 6:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया