आईजीपी कार्कीद्वारा हवल्दार स्व.थापाका आफन्तसँग भेट, समवेदना प्रकट
जारकोट । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निधन भएका प्रहरी हवल्दार दशरथ थापाका आफन्तलाई भेट गरेर समवेदना प्रकट गरेका छन् ।
हवल्दार थापाको पुस ५ गते मृत्यु भएको थियो । दैलेखको नारायण नगरपालिका वडा नं. २ जारकोट स्थाई घर भएका मृतक प्रहरी हवल्दार थापाका परिवारसँग बिहीबार आईजीपी कार्कीले भेटघाट गरेका हुन् ।
आईजीपी कार्कीले मृतक प्रहरी हवल्दार थापाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
स्व.थापाको परिवारजनलाई भेट्न र समवेदना प्रकट गर्न आईजीपी कार्कीसँगै सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याल पनि पुगेका थिए ।
Published : Thursday, 2025 December 25, 9:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया