कांग्रेस नेता दीपक गिरीद्वारा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपालगञ्जमा नेपाली कांग्रेस, बाँकेको नवनिर्मित भवन (सुशील कोइराला स्मृति भवन)को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टीका साथीहरूको सुझाव र सल्लाहमा आफू कांग्रेसको १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवार बन्न लागेको बताए ।

पूर्वपार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा भवन उद्घाटन गरिएको छ ।

२०३६ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएका गिरी पटक पटक पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् । १४औं महाधिवेशनमा उनी डा.शेखर कोइराला समूहबाट खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

नेता गिरी २०७९ को निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट सांसद पदमा निर्वाचित भएका हुन् । उनले २०७३ मा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

Published : Thursday, 2025 December 25, 9:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया