सरकार नै एमालेलाई निर्वाचनमा सहभागी गराउन चाहेको छैन : एमाले उपमहासचिव महासेठ
काठमाडौं । एमालेका उपमहासचिव रघुवीर महासेठले सरकारले नै एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेको आरोप लगाएका छन् ।
मंगलबार एमालेको केन्द्रीय कार्यालय, च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै महासेठले एमाले कहिल्यै निर्वाचनको विपक्षमा नरहेको बताए । तर, सरकार नै एमालेलाई निर्वाचनबाट वञ्चित गराउन लागेको उनले बताए ।
उपमहासचिव महासेठले एमालेको अध्यक्षमाथि स्थानहद तोकेर एमाले निर्वाचनमा भाग लिन नसक्ने बताए । उनले भने, ‘सरकारले निर्वाचन चाहेको भए एमाले अध्यक्ष केपी ओलीलाई स्थानहद तोक्ने थिएन । सरकारले स्थान हद हटाएर निर्वाचनको वातावरण बनाउनुपर्छ ।’
Published : Tuesday, 2025 December 23, 8:59 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया