महाधिवेशन कुनै नौलो कुरा होइन, सर्न सक्छ, जेनजी आन्दोलनभित्र को थियो बुझ्न जरुरी छ : डा.शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशलाई एउटा अभिभावक आवश्यक्ता रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले आफूलाई संवैधानिक राजतन्त्रको पक्ष लिएर अघि बढ्न सुझाव आउने गरेको बताए । सुझाव आए पनि अब ढिला भइसकेको र आफू मात्रै लागेर नहुने उनले बताए ।
नेता डा.कोइरालाले नेपाललाई राजनीतिक स्थिरता दिन आवश्यक रहेको बताए । उनले राष्ट्रियता र प्रजातन्त्रसँगै लैजान नसके नेपाल बाँच्न नसक्ने बताए । डा.कोइरालाले देशको राष्ट्रियता अत्यन्त नाजूक अवस्थामा रहेको बताउँदै प्रजातन्त्र, लोकतन्त्र छाडातन्त्रमा परिणत भइसकेको बताएका छन् ।
जेनजी आन्दोलनमा नेपाली अनुहार भए पनि त्यसभित्रको रूप के थियो भन्नेकुरा बुझ्न जरूरी रहेको नेता डा.कोइरालाले बताएका छन् ।
डा.कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार जरूरी रहेको बताए । अहिले नेपालको राजनीतिमा लोकरिझ्याँइले प्राथमिकता पाएको बताए ।
नेता डा.कोइरालाले कांग्रेस महाधिवेशन केही समय पर धकेलिनसक्ने बताए । उनले कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताए ।
महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरूले धेरै चासो देखाउन जरूरी नरहेको उनले बताएका छन् ।
आफूले महाधिवेशन सार्न नखोजेको स्पष्ट पार्दै सिरियल नम्बर नभएको क्रियाशील सदस्य बाँड्ने कामले केही समय पर धकेलिएको डा.कोइरालाले बताए ।
नेता डा.कोइरालाले सरकारले निर्वाचन फागुन २१ मा तोकेको भए पनि निर्वाचन हुन सम्भव नरहेको बताए । निर्वाचनको माहोल कतै नदेखिएको उनले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया