मडुरोलाई पद छाड्न ट्रम्पको चेतावनी
न्यूयोर्क । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई पद छाड्न चेतावनी दिएका छन् ।
सोमबार फ्लोरिडास्थित आफ्नो स्वामित्वको मार ए लागो रिसोर्टमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले मडुरोलाई पद छाड्नु नै बुद्धिमानी हुने बताए ।
पछिल्लो समय भेनेजुयला र अमेरिकाबीचको सम्बन्ध निकै तनावपूर्ण छ । अमेरिकाले केही साताभित्र भेनेजुएलाबाट आउने तेल बोकेका दुईवटा जहाज जफत गरिसकेको छ । अहिलेसम्म अमेरिकाले भेनेजुयलाबाट आएको ४० लाख ब्यारेल तेल नियन्त्रणमा लिइसकेको छ । अमेरिकी तटरक्षक बलले भेनेजुएलामाथि लगाइएका प्रतिबन्ध छल्न प्रयोग गरिएको भनिएको ‘डार्क फ्लीट’ अन्तर्गतको तेस्रो तेल ट्यांकरलाई पनि पछ्याइरहेको जनाएको छ ।
ट्रम्पले ती जहाज र तेल अमेरिकाले नै राख्ने, आवश्यक परे बेच्ने वा रणनीतिक भण्डारणमा प्रयोग गर्ने बताए । यसबाहेक भेनेजुएला हुँदै आउने साना डुंगालाई पनि अमेरिकी सेनाले निशाना बनाउँदै आएको छ । लागुऔषध बोकेको आशंकामा भेनेजुएला हुँदै आएका डुंगाहरूमा अमेरिकाले आक्रमण गर्दा ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाइसकेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया