चीनलाई रकेट प्रक्षेपणमा असफलता, बुस्टर रिकोभर भएन
लण्डन । चीनको ‘लङ मार्च १२ए’ रकेटको प्रक्षेपणबाट रियुजेबल रकेट प्रविधिमा सन्तोषजनक नतिजा प्राप्त हुन सकेको छैन ।
डिसेम्बर २२ मा गरिएको प्रक्षेपणमा रियुजेबल रकेटको पहिलो चरण तलको भागमा जडित बुस्टर रिकोभर गर्न नसकिएको हो ।
रकेटको माथिल्लो भाग दोस्रो चरण भने निर्धारित स्थानमा पुगेको थियो । लङ मार्च १२ए लाई चीनको एक सरकारी रकेट कम्पनीले बनाएको छ ।
यसै महिनामा चीनको निजी कम्पनी ल्यान्डस्पेसले पनि रियुजेबल रकेट प्रक्षेपण गरेको थियो । त्यसको ल्यान्डिङ पनि सफल हुन सकेको थिएन ।
रियुजेबल रकेट प्रविधिमा लन्चरलाई रिकोभर गरेर फेरि प्रयोग गर्न सकियोस् भन्ने उद्देश्यले डिजाइन गरिन्छ । प्रक्षेपणमा पहिलो चरण वा मुख्य भागले रकेटलाई वायुमण्डलमा निर्धारित उचाइँमा पु¥याउँछ । त्यसपछि अलग भएर पृथ्वीमा फर्किएर ल्याण्ड गर्छ । रकेटको माथिल्लो भागले पेलोड बोकेर पृथ्वीको कक्षामा पु¥याउँछ ।
अन्तरिक्ष अभियानमा अमेरिकालाई पछाडि पार्ने प्रयास गरिरहेको भए चीन यो प्रविधिमा सफलता प्राप्त गर्ने कोसिसमा छ । यो क्षेत्रमा चीन अझै पछि नै छ ।
हालसम्म स्पेस एक्स र ब्लु ओरिजिन गरी केवल दुई अमेरिकी कम्पनीले मात्र यो सफलता हासिल गरेका छन् । स्पेस एक्स एक्लो कम्पनी हो, जसले कक्षीय रकेटको मुख्य भागलाई सफलतापूर्वक ल्यान्ड गराएर फेरि उडान भर्न सफल भएको छ ।
यो प्रविधिमा सफलताको अर्थ कम लागतमा धेरै प्रक्षेपण गर्नु हो । यसको सहायताले अन्तरिक्ष अभियान अझ बढी नियमित र किफायती बन्न सक्ने जनाइएको छ । एजेन्सी
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया