देउखुरीमा तीन जना लागुऔषधसहित पक्राउ
भालुबाङ । जिल्ला प्रहरी कार्यालय, दाङले देउखुरी उपत्यकामा तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ परेका तीन जनालाई दाङ जिल्ला अदालतमा पेस गरी अनुसन्धानका लागि म्याद थप गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पुस ६ गते दाङको राप्ती गाउँपालिका वडा नं.५ पूर्वपश्चिम महेन्द्र राजमार्गको कालापानीस्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय, भालुवाङ, दाङको प्रहरी टोलीले चेकजाँचको क्रममा दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१ धम्बोजी बस्ने वर्ष ३८ को ईमरान सिद्दिकी हलवाई र वडा नं. ८ ज्वलाहापुर बस्ने वर्ष ३८ को नुरूद्दिन अन्सारीलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई अनुसन्धानका लागि प्रहरीले ५ दिनको म्याद लिएको छ ।
ईमरान सिद्दिकी हलवाईको साथबाट खैरो धुलो पदार्थको ३१ ग्राम १६० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको छ ।
त्यसैगरी, पुस ७ गते लमही नगरपालिका वडा नं. ५ लमही बसपार्कस्थित लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय, लमहीबाट खटिएको प्रहरी टोलीले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं.१२ बस्ने वर्ष २६ को सुजन परियारलाई पक्राउ गरेको जनाएको छ ।
परियारको साथबाट १३ ग्राम २९० मिलिग्राम परिमाणको २ वटा पुडिया ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो बरामद भएको छ । परियारलाई अनुसन्धानका लागि अदालतले १० दिनको म्याद थप गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया