मनहरीमा कांग्रेस प्रवेश, सभापति एवम् मुख्यमन्त्री बानियाँद्वारा स्वागत, जनप्रतिनिधि र वडा सभापतिहरू सम्मानित
मनहरी । नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र वडा सभापतिहरूलाई सम्मान गरेको छ ।
शनिबार मकवानपुरको मनहरीमा आयोजित कार्यकममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका मुख्यमन्त्री बानियाँले जनप्रतिनिधिहरू र वडा सभापतिहरूलाई सम्मान गरेका हुन् ।
नेपाली कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैलाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको तर्फबाट मनहरी गाउँपालिका अध्यक्ष निर्वाचित रन्जन कालाखेतीसहित ६ जना वडाध्यक्ष र ९ वटै वडाका पार्टी सभापतिहरूलाई सम्मान गरिएको थियो ।
नेपाली कांग्रेस, मकवानपुरका सभापति बुद्ध लामालाई समेत मुख्यमन्त्री बानियाँले सम्मान गरेका छन् । पार्टीका पालिकास्तरीय नेता कार्यकर्ताको भेलाका साथै पार्टीको गतिविधिबारे समीक्षासमेत गरिएको छ । कांग्रेसको आगामी महाधिवेशन सफल बनाउनेबारे पनि छलफल भएको छ ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग १० जनालाई सभापति एवम् मुख्यमन्त्री बानियाँले कांग्रेसमा प्रवेश गराएका छन् । बानियाँले नवप्रवेशीहरूलाई पार्टीको नीति र पद्धतिमा रहेर काम गर्न निर्देशन दिएका छन् ।
कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार एवम् मकवानपुर कांग्रेसका सभापति बुद्ध लामा, कांग्रेस बागमती प्रदेशका सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, कांग्रेस प्रदेश सदस्य जानकी लामा, जानुका लामा, चम्फुरत्न लामा, नवराज उप्रेती, प्रदीप कोइराला, पार्टी जिल्ला सचिव भीमसेन महत, ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने, मकवानपुर क्षेत्र नम्बर २ (२) का सभापति एवम् मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, महासमिति सदस्य प्रभात दाहाल, राजेश भेटवाल, भरत लामा, लोकाान्त्रिक आदिवासी जनजाति संघका अध्यक्ष पदम तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सभापति एवम् मुख्यमन्त्री बानियाँले मनहरीमा अवस्थित मनकामना मन्दिर संरक्षण र पुनर्निर्माणका लागि मन्दिर व्यवस्थापन समितिलाई व्यक्तिगत रुपमा नगद ७५ हजार रुपियाँ सहयोगसमेत गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया