सिन्धुपाल्चोक १ मा कांग्रेसलाई चुनाव लाग्यो, बाह्रबिसेमा आमसभा

बाह्रबिसे । नेपाली कांग्रेस, सिन्धुपाल्चोक क्षेत्र नं. १ कार्यसमितिले विशाल आमसभाको कार्यक्रम राखेको छ ।

क्षेत्रीय सभापति बालकृष्ण बस्नेतका अनुसार पुस ११ गते शुक्रबार ११ः३० बजे विशाल आमसभाको कार्यक्रम राखिएको छ । आमसभा बाह्रबिसेको खुर्सानिबारी, फुटबल मैदानमा हुनेछ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा आमसभा हुनेछ । आमसभामा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका लागि सिफारिस भएका उम्मेदवारहरूको परिचय समेत गराइनेछ ।

कार्यक्रममा सिन्धुपाल्चोक कांग्रेसका उपसभापति दोर्जे लामा, प्रेमध्वज लामा, भोला बोहोरा, यस्मिन ढुङ्गाना र बेदबहादुर श्रेष्ठलाई पनि अतिथिका रुपमा राखिएको छ ।

उनीहरूले उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक क्षेत्र नं. १ का लागि प्रतिनिधिसभातर्फ प्रत्यक्षमा एकल सर्वसम्मत सिफारिस भएका छन् ।

Published : Sunday, 2025 December 21, 2:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया