कांग्रेस निकट जनसम्पर्क समिति अमेरिकाको च्याप्टर अधिवेशनहरू एकसाथ सम्पन्न
न्यूयोर्क । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति, अमेरिकाको च्याप्टर अधिवेशन सम्पन्न भएको छ ।
अमेरिकाको विभिन्न राज्यहरूमा शनिबार डिसेम्बर २० का दिन च्याप्टर अधिवेशन सम्पन्न भएको हो । जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरको अधिवेशनमा समितिका केन्द्रीय सभापति आनन्द विष्ट सहभागी भइ उद्घाटन गरेका छन् ।
नेपाली जनसम्पर्क समिति, अमेरिकाले आफ्नो अधिवेशनको कार्यतालिका तय गरी च्याप्टरहरूको अधिवेशन सम्पन्न गरेको छ ।
अमेरिकाका ३० राज्यहरूमा एकैसाथ अधिवेशन सम्पन्न भएका छन् । च्याप्टर अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमितिहरू चयन गरेका छन् ।
जनसम्पर्क समिति अमेरिकाका सभापति विष्टले च्याप्टरहरूको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको बताए । उनले अधिवेशनले वर्तमान अवस्थामा सहमति, सहकार्य र एकतालाई प्राथमिकताका साथ जोड दिएर अघि बढ्नु पर्ने सन्देश दिएको बताए ।
सभापति विष्टले च्याप्टर अधिवेशनको दौरानमा पुराना ३० च्याप्टरहरूलाई निरन्तरता दिँदै थप तीन राज्यहरू नेभाडा, नेब्रास्का र कान्सास सिटीमा च्याप्टर कार्यसमिति गठन गरिएको बताए ।
अधिवेशन निकै उत्साहजनक र उपलब्धिमूलय भएर सम्पन्न भएको सभापति विष्टले बताए । सीमित समयसीमा र असहज परिस्थितिका बाबजुद पनि च्याप्टरहरूको अधिवेशनका दौरानमा देखिएको उत्साह कदरयोग्य रहेको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया