ज्योति मगरसहितका युवतीले प्रचार गरेका विवादास्पद छविका पूर्णबहादुरको एमालेमा लज्जास्पद हार
काठमाडौं । गायिका ज्योति मगरसहितका युवतीहरूलाई चुनावी प्रचारमा खटाएका विवादास्पद छविका नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि पूर्णबहादुर गुरुङको केन्द्रीय सदस्य पदमा लज्जास्पद हार भएको छ ।
बिहीबार सार्वजनिक केन्द्रीय निर्वाचन आयोगको अन्तिम नतिजाअनुसार गुरुङले ८३१ मत पाएका छन् । गुरुङले आदिवास जनजाती आरक्षणतर्फ खुलामा उम्मेदवारी दिएका थिए ।
प्रहरीको उच्च निगरानीमा रहेका गुरुङको विगतको ईतिहाँस विवादास्पद रहेको छ । विभिन्न लफडा र काण्डमा पर्दै आएका गुरुङ यसअघि नेपाली कांग्रेस र नेपाल तरुण दलमा आबद्ध थिए । विवादास्पद छवि र गतिविधिका कांग्रेसले बेवास्ता गरेपछि गुरुङले कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका थिए ।
तनहुँ जिल्ला स्थायी घर भएका गुरुङले केन्द्रीय सदस्य पदमा प्रचार गर्न गायिका ज्योति मगरसहितका युवतीहरूलाई प्रचारमा खटाएका थिए । ज्योति मगर र एमालेका अध्यक्ष केपी ओलीको तस्बिर निकै भाइरल बनेको थियो ।
केन्द्रीय सदस्य पदमा पराजित भएपछि गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हार्दिक धन्यवाद । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा जनजाती खुल्लातर्फको केन्द्रीय सदस्य पदमा झिनो मतले पराजित भएतापनि, सातै प्रदेशबाट आउनु भएका महाधिवेशन प्रतिनिधिज्यूहरूले मलाई अमूल्य मत प्रदान गरी सहयोग गर्नुभएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया