कीर्ते हस्ताक्षरको भरमा गम्भीर घाइते सभापतिविरुद्ध महाअभियोग लगाउन खोजे : नेता थापा
लमही । नेपाली कांग्रेसका नेता विक्रमसिंह थापाले सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणामाथि हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएको अर्को दिनदेखि कीर्ते हस्ताक्षर गरेर महाअभियोग लगाउने कुचेष्टा भएको बताएका छन् ।
केही दिन अगाडि देउखुरीको लमहीमा आयोजित संस्थापन निकटका नेताहरूको भेलालाई सम्बोधन गर्दै नेता थापाले भने, ‘हाम्रो आदरणीय सभापतिजी जो यो मुलुकको पाँच पटक प्रधानमन्त्री भइसक्नुभएको छ । उहाँलाई अर्को दिनबाट कीर्ते महाधिवेशन साइन गरेर ५४ प्रतिशत भयो भनेर महाअभियोग लगाउने कुचेष्टा गरियो ।’
‘हामी सबै एकठाउँमा उभिनु पर्ने थियो । हामी सबै मिलेर सभापतिमाथि भएको आक्रमणको भर्त्सना गर्नुपर्नेमा कीर्ते हस्ताक्षर गरेर महाअभियोग लगाउने गतिविधि गरियो,’ नेता थापाले भने, ‘केन्द्रीय कार्यसमितिले त्यो हस्ताक्षर सनाखत गरेको भए धेरै हस्ताक्षर कीर्ते पाइन्थ्यो ।’
उनले भने, ‘अब नियमित महाधिवेशन आएको छ । कपिलवस्तुको १ नं. क्षेत्र बाहेक २ र ३ मा कुनै पनि किसिमको सांगठिनक निर्णय भएको छैन ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया