लौह पुरुष स्व.गणेशमान सिंहकी जेठी छोरी रीता सिंहको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता लौह पुरुष स्व.गणेशमान सिंहकी जेठी छोरी रीता सिंहको निधन भएको छ ।
बिहीबार ललितपुरको मेडिसीटी अस्पतालमा उपचारका क्रममा रीता सिंहको निधन भएको हो । कांग्रेस नेतृ सिर्जना सिंहका अनुसार उपचारका क्रममा रीता सिंहको निधन भएको छ ।
रीता सिंह लामो समयदेखि किड्नीको समस्या भएपछि डायलेसिस गराउँदै आएकी थिइन् । उनी डिप्रेशनको पनि बिरामी रहेको नेतृ सिर्जना सिंहले सामाजिक सञ्जालमार्फत जनाएकी छिन् ।
रीता सिंहको काठमाडौंको शोभाभगवती, कर्णद्दिपमा ११ बजे दाहसंस्कारको कार्यक्रम राखिएको छ ।
रीता सिंह कांग्रेस नेता स्व.गणेशमान सिंह र नेतृ स्व.मंगलादेवी सिंहकी जेठी छोरी हुन् ।
Published : Thursday, 2025 December 18, 12:00 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया