१३औं दिनको पूण्यतिथिमा वडाध्यक्ष स्व.थापाप्रति काठमाडौं–२ कांग्रेसद्वारा श्रद्धाञ्जलि व्यक्त, मुख्यमन्त्री पनि उपस्थित
काठमाडौं । नेपाली कांग्रेस, बागमती प्रदेशका सभापति समेत रहेका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष स्व.भीमसेन थापाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
मंगलबार नेपाली कांग्रेस, काठमाडौं क्षेत्र नं. २ ले काँडाघारीमा आयोजना गरेको श्रद्धाञ्जलि तथा शोक सभा कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले वडाध्यक्ष स्व.थापाको योगदानको प्रशंसा गरेर । वडाध्यक्ष थापाको निधनले कांग्रेस र कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७ का जनताले उर्जाशील व्यक्ति गुमाएको बानियाँले बताए ।
वडाध्यक्ष समेत रहेका थापा नेपाली कांग्रेस, काठमाडौं क्षेत्र नं.२ का सचिव समेत रहेका थिए ।
वडाध्यक्ष स्व.थापालाई श्रद्धाञ्जलि व्यक्त गर्न नेपाली कांग्रेस, काठमाडौं क्षेत्र नं.२ ले तेह्रौं दिनको पूण्यतिथिमा श्रद्धाञ्जलि एवं शोक सभा कार्यक्रम राखेको थियो ।
शोकसभा कार्यक्रममा बागमती कांग्रेसका सभापति एवम् मुख्यमन्त्री बानियाँ, कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम, कागेश्वरी मनहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, नेपाल तरुण दलका केन्द्रीय सदस्य दीपेन्द्र पोखरेल लगायतका कांग्रेसका नेता तथा कार्यकर्ता र वडाध्यक्ष स्व.थापाकी पत्नी, परिवारजनका सदस्यहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया