प्रधानाध्यापक र लेखापालविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । धनुषाको शंकर जनता माध्यामिक विद्यालयका प्रधानाध्यापकसहित २ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
सोमतबार अख्तियारले विशेष अदालत, काठमाडौंमा धनुषाको विदेह नगरपालिका–२ दुहवीको शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र लेखापाल अरूणकुमार कुशियैतविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा आइसिटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९÷०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आइटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।
प्रधानाध्यापक धनिकलाल र अरूणकुमारलाई जनही ८ लाख ६२ हजार १५२ रूपियाँ बिगो माग दाबी गरेको अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।
प्रवक्ता अधिकारीका अनुसार उनीहरूको आपसी मिलोमतोमा सरकारी रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया