एमपीएस परीक्षा दिएका ८९ डीएसपीमध्ये १६ जना उत्तीर्ण
काठमाडौं । नेपाल प्रहरीमा स्टाफ कलेजका रूपमा सञ्चालन गरिएको मास्टर्स अफ पुलिस साइन्स (एमपीएस)को प्रवेश परीक्षामा १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) छनोट भएका छन् ।
परीक्षाफल आइतबार सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयले मंसिर २२, २३ र २४ गते एमएपीएसका लागि प्रवेश परीक्षा लिएको थियो । कुल सहभागी ८९ जना डीएसपीमध्ये १६ जना मात्रै उत्तीर्ण भएका छन् ।
एमपीएस परीक्षा उत्तीर्ण गर्ने डीएसपीहरूमा पहिलो नम्बरमा विकास बम छन् । त्यसपछि क्रमशः हरिप्रसाद पौडेल, प्रवीण कार्की, नवराज ढुंगेल, केशवराज ज्ञवाली, गणेशचन्द्र कोइराला, राजेशराज पुरी, कमलराज पण्डित रहेका छन् ।
त्यसैगरी रामकुमार राई, रमेशकुमार श्रेष्ठ, खगेन्द्र धमला, पुष्कर बोगटी, सुधिर राई, बसन्त पाण्डे, ईन्द्रजित इटनी र निरञ्जन भट्टराईले पनि एमपीएस परीक्षा उत्तीर्ण गरेका छन् ।
प्रहरीका उपल्ला तह (दर्जा)मा बढुवा हुने प्रहरी अधिकारीका लागि एमपीएस लागू गरिएको छ । एमपीएसका लागि छनोट भएका डीएसपीको यो दोस्रो टोली हो । उत्तप्र्ण भएकाहरूले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन् ।
२०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका हाल डीएसपी बनेकाहरूले स्टाफ कलेजको प्रवेश परीक्षा दिएका थिए । स्टाफ कलेज कोर्स पास नगर्नेहरू एसएसपीभन्दा माथि बढुवाका लागि अयोग्य हुनेछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया