कांग्रेसद्वारा केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मंसिर २९ गते सोमबार बिहान ०९ः०० बजे कार्यसमितिको बैठक बस्नेछ । बैठक पार्टी कार्यालय, सानेपामा बस्नेछ ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । उपाध्यायको निधनप्रति शोक मनाउन र शोकका कार्यक्रम सार्वजनिक गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।
बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि मुख्यसचिव पौडेलले सूचना जारी गरेका छन् ।
Published : Sunday, 2025 December 14, 6:08 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया