अमेरिकामा नेपालका राजनीतिक दलसँग आवद्ध संस्थाहरूलाई जोखिम, उच्च निगरानी

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने केही नेपाली समुदायसँग आवद्ध संघ–संस्थाहरू नेपालका राजनीतिक दलका भ्रातृ संगठनका रूपमा सक्रिय रूपमा काम गरिरहेको विषय पछिल्लो समय गम्भीर चिन्ताको विषय बन्दै गएको छ ।

अमेरिकी कानून अनुसार विदेशी राजनीतिक दल वा तिनका संगठनको तर्फबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्नु गैरकानूनी हुन सक्ने भएकाले यस्ता क्रियाकलापमा संलग्न संस्था र व्यक्तिहरू कानूनी जोखिममा पर्न सक्ने विज्ञहरूले बताएका छन् ।

अमेरिकी संघीय कानून अनुसार विदेशी राजनीतिक दलको हितमा काम गर्ने संस्था वा व्यक्तिले अनिवार्य रूपमा सम्बन्धित निकायमा ५०१(अ)४ रजिस्टर गरी, अमेरिकाको प्रत्येक राज्यमा दर्ता भई आफ्ना गतिविधि पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

अमेरिकी कानून विपरीत, अनुमतिबिना राजनीतिक प्रचार, चन्दा संकलन, बैठक, प्रदर्शन, वा निर्देशनात्मक गतिविधि सञ्चालन गर्नु संघीय कानूनको उल्लंघन मानिन्छ । अमेरिकामाराजनीति गर्ने हो भने ५०१(अ)४ मा दर्ता गर्नु पर्नेछ ।

अमेरिकाको भूमिबाट नेपालको आन्तरिक राजनीतिलाई प्रभाव पार्ने उद्देश्यले सञ्चालन गरिने संस्था, कार्यक्रम वा अभियानहरूले केवल संस्थालाई मात्र होइन, त्यसमा संलग्न पदाधिकारी, कार्यकर्ता र सहयोगीहरूलाई समेत जरिवाना, संस्था बन्द, भिसा तथा आप्रवासनसम्बन्धी समस्या, जेल सजायसम्मको जोखिममा पु¥याउन सक्छ ।

अमेरिकामा सामाजिक सेवामा सक्रिय सूवर्ण लामाले पनि गहिरो चिन्ता व्यक्त गर्दै सबैलाई अमेरिकी नियम र कानूनको पूर्ण पालना गर्न आग्रह गरेका छन् । लामाले अमेरिकाबाट नेपालका राजनीतिक दलका भ्रातृ संगठनका रूपमा प्रतिनिधि पठाई दलको अधिवेशन वा राजनीतिक गतिविधिमा सहभागी गराउनु उचित नहुने बताए ।

नेपाली समुदायका अग्रजहरूका अनुसार अमेरिकामा रहेका नेपाली संघ÷संस्थाहरूले सांस्कृतिक, सामाजिक, शैक्षिक र परोपकारी गतिविधिमा सीमित रहनु नै ५०१(अ)३ का संस्थाहरू सुरक्षित र दीर्घकालीन हितमा हुनेछ । कानूनविदहरूले सानो लापरवाही भोलिका दिनमा गम्भीर कानूनी फन्दामा परिणत हुन सक्ने भन्दै लामाले समयमै सचेत हुन सबैलाई आग्रह गरेका छन् ।

Published : Sunday, 2025 December 14, 11:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया