कांग्रेस नेता एवम् पूर्वमन्त्री उपाध्यायको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ ।

मोरङ, विराटनगर निवासी पूर्वमन्त्री उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हो ।

२०५१ सालमा राष्ट्रिय सभा सदस्य भएका उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकुदमन्त्री थिए । उनी २०५६ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं. १ बाट निर्वाचित उनी पुनर्स्थापित व्यवस्थापिका–संसदमा समेत क्रियाशील थिए ।

राजनीतिक संघर्षका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताएका उपाध्यायले निर्वासित जीवन समेत बताएका थिए ।

Published : Sunday, 2025 December 14, 11:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया