नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कार्कीद्वारा आसरा सुधार केन्द्रको निरीक्षण
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नवीना खत्री कार्कीले आसरा सुधार केन्द्र, रानीबारी, काठमाडौंको निरीक्षण भ्रमण गरेकी छिन् ।
शुक्रबार अध्यक्ष कार्कीले केन्द्रको कामकारबाही बारे जानकारी लिएकी हुन् । उनले केन्द्रमा उपचाररत सदस्यहरूबाट साँस्कृतिक प्रस्तुत अवलोकन गरेकी थिइन् ।
अध्यक्ष कार्कीलाई केन्द्रका पदाधिकारीहरूले स्वागत गर्दै गतिविधिहरूबारे जानकारी गराएका छन् । अध्यक्ष कार्कीले केन्द्रको अध्यक्षको पदभार ग्रहण गर्नुको साथै आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेकी छिन् । उनले केन्द्रको स्थलगत अवलोकन निरीक्षण गरेकी थिइन् ।
केन्द्रकी सदस्य सुशीला रेग्मी अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । केन्द्रकी सचिव शामिला चालिसेले स्वागत मन्तव्य व्यक्त गरेको प्रेस नोटमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया