माइक्रोबस धादिङमा पुलबाट १५ मिटर तल खस्यो
मलेखु । धादिङको महादेवबेँसीमा माइक्रोबस पुलबाट खसेर दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
शनिबार दिउँसो पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख ५०२६ नम्बरको माइक्रोबस ब्रेक फेल भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय र सुरक्षाकर्मीले उद्धार गरी नजिकैका स्वास्थ्य संस्थामा पठाएका छन् । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यमसम्म रहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाको कारण ब्रेक फेल भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Published : Saturday, 2025 December 13, 7:54 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया