पहिलो नम्बरमा प्रत्यक्षतर्फ काभ्रे २ मा शिवको नाम, कमलाका पतिलाई पनि सूचीमा घुसाइयो
बनेपा । नेपाली कांग्रेस, काभ्रेपलाञ्चोक क्षेत्र नं. २ कार्यसमितिले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंसहितका नेताहरूको नाम सिफारिस गरेको छ ।
बिहीबार बसेको काभ्रेपलाञ्चोक २ कांग्रेस क्षेत्रीय कार्यसमितिको बैठकले काभ्रे–२ को प्रत्यक्षतर्फ उम्मेदवारका लागि केन्द्रीय सदस्य हुमागाईंको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेको हो । प्रत्यक्षतर्फ सिफारिस हुनेमा मधु आचार्य, अच्चुतप्रसाद पौडेल, ठाकुरप्रसाद न्यौपाने, होमराज चौलागाईं, माधव ढकाल, सुन्दरमणि आचार्य, रामजी पन्त ‘मुकेश’, रोशन लामा, हेमकुमार तामाङ, राजन कार्की, नन्दु दुलाल र ईन्दिरा बुढाथोकीलाई सिफारिस गरिएको क्षेत्रीय सभापति महेश खरेलले जानकारी दिएका छन् ।
प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका मधु आचार्य राष्ट्रिय सभाकी सांसद, पूर्वमन्त्री एवम् पूर्व केन्द्रीय सदस्य कमला पन्तका पति हुन् । कमला पन्त समानुपातिक र प्रत्यक्षमा अवसर पाएकी नेतृ हुन् । पत्नीलाई कांग्रेसमा सर्वेसर्वा अवसर प्राप्त हुँदाहुँदै पतिलाई मधु आचार्यलाई पनि चाहियो भन्दै काभ्रे र काठमाडौंतिर बबण्डर मच्चाउँदै आएका छन् ।
समानुपातिकतर्फ दिल लामा, लीला नेपाल, तस्बिर लामा, जीतकृष्ण श्रेष्ठ, माइली दनुवार, मञ्जु आचार्य घिमिरे, रीता गौतम, रामचन्द्र श्रेष्ठ, उदय केसी, ईन्द्रबहादुर तामाङ, कृष्णगोपाल भैललाई सिफारिस गरिएको सभापति खरेलले बताए । दिल लामा नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन् ।
राष्ट्रियसभातर्फ ईन्द्रमणि अधिकारी, राम थपलिया, सीताराम परियार, गोविन्द पराजुली र रामेश्वर ढकाललाई कांग्रेसले उम्मेदवारको लागि सिफारिस गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया