केन्द्रीय सदस्य डा.आरजु राणाको नाम बर्दिया २ बाट पनि सिफारिस

गुलरिया । नेपाली कांग्रेस, बर्दिया क्षेत्र नं. २ कार्यसमितिले केन्द्रीय सदस्य एवम् पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणाको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।

बिहीबार बर्दियामा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले डा.राणाको नाम दोस्रो नम्बरमा सिफारिस गरेको छ । यसअघि, डा.राणाको नाम कैलाली ५ बाट पनि सिफारिस भएको छ ।

बर्दिया २ का लागि प्रतिनिधिसभा प्रत्यक्षतर्फ सह–महामन्त्री किशोरसिंह राठौर, डा.आरजु राणा देउवा, अरुणप्रकाश सिंह राठौर, जग्गाप्रसाद पाण्डे, मीनराज चौधरी, प्रशुराम चौधरी, मकरबहादुर सिजापति, रामचन्द्र थापा, विद्याप्रसाद खनाल र दीपक भण्डारी रहेका छन् ।

प्रतिनिधिसभा समानुपातिकतर्फ देवमान चौधरी, चन्द्रध्वज जिसी, तारा चौधरी, प्रतिमा चौधरी, दुर्गा सापकोटा, तारा शुक्ला, तेजकुमारी थापा क्षेत्री (खाँ), मनीषा गुरुङ, प्रेमबहादुर सुनार र भारती कामी रहेका छन् ।

राष्ट्रियसभातर्फको उम्मेदवारका लागि मालती शाह र बद्री सिग्देलको नाम सिफारिस भएको छ ।

Published : Thursday, 2025 December 11, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया