नुवाकोट १ मा डा.महतको नाम सर्वसम्मत एकल सिफारिस, कांग्रेसद्वारा उच्च मूल्याङ्कन

त्रिशुली । नेपाली कांग्रेस, नुवाकोटले क्षेत्र नं. १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार बनाउन प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतको नाम एकल सर्वसम्मत सिफारिस गरेको छ ।

बिहीबार नुवाकोटमा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले डा.महतको नाम क्षेत्र नं. १ का लागि एकल सिफारिस गर्ने निर्णय गरेको हो । डा.महतले नुवाकोट र निर्वाचन क्षेत्र नं. १ मा गरेको योगदानको कदर स्वरुप क्षेत्रीय कार्यसमितिले डा.महतको उच्च मूल्याङ्कन गरेको छ ।

यसअघि, कांग्रेस प्रवक्ता डा.महतको नाम काठमाडौं–५ बाट प्रत्यक्षतर्फ सिफारिस भएको थियो ।

नुवाकोट–१ बाट समानुपातिकतर्फ कृष्णबहादुर लामा, महेन्द्र थिङ, कविराज गुरुङ, प्रकाश गौतम, भवानी देवकोटा र अञ्जु आचार्य (महिला) तथा कल्पना नेपाली (दलित महिला) को नाम सिफारिस गरिएको छ ।

क्षेत्रीय कार्यसमितिले राष्ट्रिय सभा उम्मेदवारका लागि खुलाबाट रामकृष्ण थापा, अपाङ्गतातर्फबाट भाग्यश्री लामाको नाम सिफारिस गरेको छ ।

Published : Thursday, 2025 December 11, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया