आईएसआईका पूर्व प्रमुखलाई १४ वर्षको जेल सजाय

इस्लामाबाद । पकिस्तानको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी (आईएसई) एजेन्सीका पूर्व प्रमुखलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।

राज्यको गोप्यताको उल्लंघन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको पाकिस्तानी सेनाले जनाएको छ ।

जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका फैज हमिदलाई राजनीतिक गतिविधिमा संलग्न रहि व्यक्तिहरूलाई गलत क्षति पु¥याएको अभियोगमा दोषी ठहर गरिएको सेनाले विज्ञप्ति मार्फत जनाएको छ ।

सन् २०२३ मा प्रकाशित सर्वोच्च अदालतको कागजात अनुसार, फैज हमिदमाथि शक्तिको दुरुपयोग र निजी व्यवसायमा छापा मारेको आरोप लगाइएको छ । गुप्तचर प्रमुखलाई पाकिस्तानी सेनाको दोस्रो सबै भन्दा शक्तिशाली पद मानिन्छ ।

फैज हमिद इमरान खानका कट्टर समर्थक थिए, जसलाई केही शीर्ष नेताहरूको समर्थन गुमाए पछि अविश्वास मतद्वारा हटाइएको थियो । सेना प्रमुखको प्रतिष्ठित पदका लागि दावेदारका रूपमा रहेका जनरल, फैज हमिदले खानले सत्ता गुमाएको केही महिना पछि प्रारम्भिक सेवा निवृत्ति लिएको जनाइएको छ ।

Published : Thursday, 2025 December 11, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया