रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमला पत्नी एलिजा उपाध्यक्ष रहेको पार्टीको तर्फबाट बैठकमा सहभागी
गौर । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् प्राईम टेलिभिजनका मालिक ऋषि धमला ‘हाम्रो आम जनता पार्टी’ र ‘जनादेश पार्टी नेपाल’को संयुक्त बैठकमा सहभागी भएका छन् ।
बिहीबार रौतहटमा बसेको संयुक्त बैठकमा प्राईम टेलिभिजनका मालिक धमला जनादेश पार्टी नेपालको तर्फबाट सहभागी भएको हाम्रो आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए । अध्यक्ष साहले भने, ‘ऋषि धमलाजी हाम्रो पार्टी प्रवेश गर्नु भएको होइन । जनादेश पार्टी नेपालको तर्फबाट बैठकमा सहभागी हुनुभएको हो ।’
प्राईम टेलिभिजनका मालिक धमलाकी पत्नी एलिजा गौतम धमला जनादेश पार्टी नेपालको उपाध्यक्ष छिन् ।
‘हाम्रो आम जनता पार्टी’ र ‘जनादेश पार्टी नेपाल’ले आगामी निर्वाचनमा ‘मोबाइल’ चुनाव चिन्हलाई विजय बनाउन एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धतासहित संगठन समायोजनको ठोस योजना निर्माण गरेको अध्यक्ष साहले बताए ।
बैठकमा नागरिक पार्टीका सह–महामन्त्री दीपदर्शन कुँवर पार्टीमा प्रवेश गरेका छन् । उनलाई अध्यक्ष साहले पार्टी प्रवेश गराएका छन् । समाजिक अभियन्ता ईन्द्रजित साफीले मोबाईल छापले चुनाव लडने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरेको साहले बताए ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया