कांग्रेसका युवा नेता पोख्रेल दाङ–२ मा प्रत्यक्षतर्फ सिफारिस
घोराही । नेपाली कांग्रेसका युवा नेता विपुल पोख्रेल दाङ क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका छन् ।
बुधबार घोराहीमा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले युवा नेता पोख्रेललाई क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस गरेको हो । क्षेत्रीय कार्यसमितिले २० जना नेताहरूलाई प्रत्यक्षतर्फ सिफारिस गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पोख्रेल नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत हुन् । रेडियो स्वर्गद्वारी, गोरक्ष राष्ट्रिय दैनिक लगायतमा सम्पादकको कार्यसम्पादन गरिसकेका पोखरेल पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
प्रेस काउन्सिल नेपालको सदस्य समेत भइसकेका पोख्रेल लेखन क्षेत्रमा सक्रिय छन् । उनका किताव, कविता, गीत, म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया