युवा संघका अध्यक्ष थेबे नेतृत्वको टोलीद्वारा मन्त्री घिसिङसँग भेट

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री कुलमान घिसिङसँग राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले भेट गरेको छ ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री घिसिङसँग अध्यक्ष थेबे नेतृत्वको टोलीले एमालेको महाधिवेशनलाई असर पर्ने गरेर सडकमा अबरोध हुने गरी कार्य नगर्न आग्रह गरेको हो ।

थानकोट–नागढुङ्गा–मुग्लिन सडकखण्ड मंसिर २४ देखि पुष १ गतेसम्म सडक बन्द गरी निर्माण गर्ने सरकारको निर्णयबाट प्रत्यक्ष रूपमा नेकपा (एमाले)को महाधिवेशन प्रभावित हुने अध्यक्ष थेबेले मन्त्री घिसिङलाई जानकारी गराएका छन् ।

मंसिर २७ देखि २९ गतेसम्मको एमालेको महाधिवेशनलाई प्रभाव पार्ने भएको र ट्राफिक अस्तब्यस्त हुने भन्दै युवा संघले भौतिक पूर्वधार तथा यातायात व्यवस्थामन्त्री घिसिङसँग भेट गरी अबरोध हुने कार्य नगर्न अनुरोध गरेको अध्यक्ष थेबेले बताएका छन् ।

‘हाम्रो महाधिवेशनमा आउनु हुने सहभागीलाई मंसिर २६, २७, २८ गतेसम्म काठमाडौं प्रवेशमा पूर्ण रूपमा सडक सहजता अपनाउने जानकारी मन्त्रीज्यूबाट भएको छ,’ अध्यक्ष थेबेले भनेका छन् ।

Published : Wednesday, 2025 December 10, 4:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया