कपिलवस्तु– ३ मा नेता शाहको नाम समावेश गर्न कांग्रेस प्रदेश कार्यसमितिको निर्णय र सभापति खत्रीको माग
चन्द्रौटा । नेपाली कांग्रेस, कपिलवस्तु, क्षेत्र नं. ३ (१) प्रदेश क्षेत्रीय कार्य समितिका सभापति गोविन्दबहादुर खत्रीले कपिलवस्तु क्षेत्र नं. ३ ले जबरजस्ती निर्णय गरेर प्रतिनिधिसभा निर्वाचनको एकल उम्मेदवारको निर्णय गरेको भन्दै भर्त्सना गरेका छन् ।
बुधबार प्रेस विज्ञप्ति जारी गरेर सभापति खत्रीले क्षेत्र नं. ३ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको आकांक्षीको लागि अभिषेकप्रताप शाहको पनि नाम सिफारिस गर्न आग्रह गरेका छन् । क्षेत्रीय कार्यसमितिले नेता अभिषेकप्रताप शाहको नाम समावेश गरेर सिफापरिस गर्नुपर्नेमा राखिएको छैन ।
क्षेत्रीय कार्यसमितिमा कपिलवस्तु क्षेत्र नं. ३ मा अभिषेकप्रताप शाह र वीरेन्द्रप्रसाद कनौडियाको नाममा छलफल भएको थियो । छलफलमा शाह र कनौडिया उम्मेदवारको आकंक्षी हुँदाहुँदै दुबै जनाको नाम सिफारिस गर्नुपर्नेमा क्षेत्रीय कार्यसमितिले पूर्वाग्रही राखेर कनौडियाको मात्रै नाम एकल सिफारिस गरेपछि विरोध भएको छ ।
प्रदेश सभापति खत्रीले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘नेपाली कांग्रेस, कपिलवस्तु क्षेत्र नं. ३ को यही मिति २०८२÷०८÷२२ गते बसेको बैठकमा, यही फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको चुनावमा पार्टीले प्रत्यक्षतर्फ उम्मेदवारको लागि वीरेन्द्रकुमार कनौडियाको नाम एकल सिफारिस गरिएको हुँदा वीरेन्द्रकुमार कनौडिया र अभिषेकप्रताप शाहको नाम छलफलमा आएता पनि एकलौटी रूपमा जवरजस्ती निर्णय गरिकोले यो निर्णय पार्टीका कार्यकर्ताको भावना अनुरूप नरहेकोले श्री अभिषेकप्रताप शाहको नाम पनि समावेश गर्नु पर्ने सबै कार्यकर्ताबाट जनगुनासो आएको हुँदा अभिषेकप्रताप शाह ज्यूको नाम पनि समावेश गरि पठाउने निर्णय गरियो ।’
कपिलवस्तु क्षेत्र नं. ३ मा सिफारिसमा राजनीतिक पूर्वाग्रही भएर क्षेत्रीय कार्यसमितिले गरेको निर्णयको विरोध भइरहेको छ । कार्यकर्ताहरूले आक्रोश पोखेका छन् ।
नेता शाहको नाम पनि पनि समावेश गरेर पठाउन कपिलवस्तु क्षेत्र नं. ३ (१) प्रदेश कार्यसमितिले निर्णय समेत गरेको छ । सो निर्णय क्षेत्रीय कार्यसमितिलाई पठाइएको छ । बोधार्थ जिल्ला कार्यसमिति, लम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिलाई समेत दिइएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया