भक्तपुर राप्रपा नेपालका नेता खड्का कांग्रेसमा प्रवेश
भक्तपुर । नेपाली कांग्रेस, भक्तपुरका सभापति दुर्लभ थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)का नेता श्यामकृष्ण खड्कालाई पार्टीमा स्वागत गरेका छन् ।
मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति थापाले खड्कासहितका नेताहरूलाई कांग्रेसमा स्वागत गरेका हुन् ।
राप्रपा नेपालका नेता खड्का भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट निवासी हुन् । खड्का राप्रपा नेपाल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेता खड्का राप्रपा नेपालबाटै २०७९ को स्थानीय तह निर्वाचनमा सूर्यविनायक नगरपालिकाको मेयर पदमा उम्मेदवार समेत बनेका थिए ।
नेता खड्का कांग्रेसको मूल्य मान्यता र सिद्धान्त अवलम्बन गर्ने घोषणा सहित सभापति थापाले पार्टीमा स्वागत गरेका छन् ।
Published : Tuesday, 2025 December 9, 10:10 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया