तनहुँ कांग्रेसका नेता लुईंटेलको निधन, सानेपाद्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसले प्रजातन्त्र सेनानी ८४ वर्षीय मोहनदेव लुईंटेलको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्य जारी गरेर लुईंटेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । लुईंटेल तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं. १० निवासी हुन् ।
‘प्रजातन्त्र सेनानी मोहनदेव लुईंटेलको ८४ वर्षको उमेरमा हिजो मंसिर २१ गते भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ,’ शोक वक्तव्यमा भनिएको छ, ‘स्वर्गीय लुईंटेलले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।’
‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ,’ कांग्रेसको शोक वक्तव्यमा भनिएको छ ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि लुईंटेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । लुईंटेलको आत्माको चीर शान्तिको कामना गर्दै खड्काले शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया