प्रधानमन्त्री कार्की र एमाले नेतृ भण्डारीबीच भेट
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग एमाले नेतृ एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेट गरेकी छिन् ।
आइतबार सिंहदरबारमा कार्की र भण्डारीबीच भेट भएको हो । भेटमा उनीहरूका बीच भदौ २३ र २४ को जेनजी प्रदर्शन तथा मानवीय र भौतिक क्षतिका विषयमा कुराकानी भएका छन् ।
एमाले नेतृ भण्डारीसँग प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘हालै भएका मानवीय तथा भौतिक क्षतिमा दोषी देखिएका कसैले उन्मुक्ति पाउने छैनन् ।’
‘जेनजी आन्दोलनको भावनाअनुरुप भ्रष्टाचार नियन्त्रण र फागुन २१ को निर्वाचनको तयारी समान प्राथमिकतामा छन्,’ कार्कीले भनेकी छिन्, ‘स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनका पक्षमा उहाँको चासो र समर्थनले हामीलाई थप ऊर्जा प्रदान गरेको छ ।’
Published : Sunday, 2025 December 7, 6:51 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया