समावेशी र युवा पुस्ताप्रति उदार भाव राख्ने लोकतान्त्रिक नेता सभापति देउवा नै हो : तरुण नेता राई
काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य रोजन राईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा युवा पुस्ताप्रति सबैभन्दा धेरै खुल्ला उदार भाव राख्ने व्यक्ति रहेको बताएका छन् ।
आइतबार सभापति देउवासँग काठमाडौंस्थित निवासमा भेट गरेपछि सामाजिक सञ्जालमार्फत देउवाको राजनीतिक नेतृत्व र लोकतान्त्रिक संस्कारको प्रशंसा गरेका हुन् ।
तरुण नेता राईले लेखेका छन्, ‘सबै किसिमको बिकल्पहरू खुल्ला राखेर नेतृत्व लिनुभनेको लोकतान्त्रिक पार्टीको नेता हुनु हो । आफ्नो कार्यसमितिमा के.बी. गुरुङ, अर्जुन नरसिंह के.सी.देखि युवा पु्स्ताका गगन थापालाई महामन्त्रीको जिम्मेवारी अनि प्रकाश रसाइली, रुपा पोखरेल बि.क.हरूलाई मन्त्री बनाउनु हुने, अटाउनु हुने शेरबहादुर देउवा नै हुन् ।’
‘समावेशी र युवा पुस्ताप्रति उदार भाव राख्नुहुने नेता आदरणीय सभापति ज्यूसंग आज भेट भएको छ,’ तरुण दलका केन्द्रीय सदस्य राईले भनेका छन् ।
भदौ २४ गते जेनजी आन्दोलनका नाममा केही अराजक समूहले बुढानिलकण्ठस्थित निवासमा प्रवेश गरेर सभापति देउवा र नेतृ डा.आरजु राणाको हत्या प्रयास गरेको थियो । त्यस क्रममा सभापति देउवा र नेतृ डा.राणालाई सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो । स्वास्थ्यमा सुधार भएपछि देउवा दम्पत्तिले भेटघाट बढाएका छन् ।
सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएर अभिभावक बनेर बसेका छन् । कार्यसमिति, पदाधिकारी र सदस्यहरूबाट कमजोरी हुन खोज्दा सभापति देउवाले मार्गदर्शन गर्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया