पूर्वमन्त्री शर्माविरुद्ध सल्लेरी विमानस्थल बाहिर प्रदर्शन
सल्लेरी । पूर्वमन्त्री समेत रहेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिमको सल्लेरीमा आफ्नै कार्यकर्ता र मतदाताहरूले कालो झण्डा देखाएर विरोध गरेका छन् ।
आइतबार पार्टीको कामका लागि रुकुम पश्चिम आएका नेता शर्मालाई सल्ले विमानस्थल अगाडि कार्यकर्ता र मतदाताहरूले कालो झण्डा देखाएर विरोध गरेका हुन् ।
कालो झण्डा देखाएर विरोध गर्नेहरूमा नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ता हुन् ।
नेता शर्माले रुकुम पश्चिममा पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ । उनी युवाहरूको कार्यक्रममा पनि सहभागी हुनेछन् ।
कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने आफ्नै कार्यकर्ता र मतदार्ताहरूले नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेर नयाँ पार्टी गठन गरेको भन्दै सल्लेरी विमानस्थलको गेट अगाडि कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया