प्रधानमन्त्रीको ध्यान मलाई पक्राउ गर्न केन्द्रित छ : ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका छन् ।
शनिबार एमालेको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने अवस्था नरहे पनि अब कुनै दिन हुने शान्तिपूर्ण निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताए ।
उनले अब हुने निर्वाचनमा एमाले बहुमतका साथ फर्किने बताए । ओलीले अब पुराना पार्टी सकिए भन्न नसोँच्न सुझाव दिएका छन् । उनले निर्वाचनपछि पनि पुराना पार्टीकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
ओलीले यसबीचमा एमाले समीकरण बदल्ने वा सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । उनले एमालेविरुद्ध जस्तोसुकै हमला भए पनि त्यस्ता शक्तिलाई एमाले एक्लैले परास्त गर्ने बताए ।
अध्यक्ष ओलीले भदौ २३ र २४ को घटनापछि देश प्रतिगमततर्फ अघि बढेको बताए । प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको उनले बताए ।
अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको अध्यक्ष ओलीले बताएका छन् । उनले असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापित गर्नुपर्ने बताए ।
उनले सरकारले छानबिन गर्न भनि बनाएको आयोग अराएको काम गर्न बताएको तयारी संयन्त्र भएको बताए ।
प्रधानमन्त्रीको ध्यान आफूलाई पक्राउ गर्नेमा केन्द्रित भएको ओलीले बताएका छन् । ओलीले आफ्नाविरुद्ध प्रमाण तयार गर्न चुनौती दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया