हेलिप्याडमा १४ करोड भ्रष्टाचारमा मुछिएका प्रदीप र मुरारी हिसातमै बस्ने
काठमाडौं । करोडौं भ्रष्टाचारमा डामिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्वित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको बयान सकिएको छ ।
शुक्रबार विशेष अदालत, काठमाडौंमा अधिकारी र भण्डारीको बयान सकिए पनि थुनछेक बहस भने भएन । निलम्वित महानिर्देशक अधिकारी पूर्वनिर्देशक भण्डारी आइतबारसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा बस्नेछन् ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा थुनछेक बहसका लागि पेसी तोकिएको थियो ।
बयान सकिएलगत्तै थुनछेक बहस हुनुपर्ने भए पनि एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि थुनछेक बहस हुन नसकेको विशेष अदालतका उपरजिस्ट्रार मुकुन्द निरौलाले जानकारी दिएका छन् ।
विशेष अदालतका अध्यक्ष पौडेलले प्राधिकरणमा महानिर्देशक रहेका अधिकारीसँग जोडिएको एक मुद्दाको फैसला उच्च अदालतमा रहँदा सुनुवाइ गरेका कारण हेर्न नमिल्ने भएको हो ।
बयान सकिएको मुद्दाको अर्को पेसी आइतबार राखिएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई पक्राउ गरी ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
तारेख बुझ्न अख्तियार पुगेका दुवै जनालाई त्यहीँबाट पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरिएको थियो । भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले अधिकारी र भण्डारीलाई १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रूपियाँ ७७ पैसा बिगो र त्यति नै जरिवाना असुलउपर गर्नुपर्ने मागदाबीसहित विशेष अदालतमा बुधबार मुद्दा चलाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया