महाधिवेशन तयारीबारे सभापति देउवाद्वारा महामन्त्री थापासँग ब्रिफिङ माग
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापासँग १५औँ महाधिवेशनको तयारीका विषयमा हालसम्म भएका गतिविधिबारे ब्रिफिङ लिएका छन् ।
बिहीबार साँझ काठमाडौंस्थित आफ्नै निवासमा सभापति देउवाले महामन्त्री थापालाई बोलाएर महाधिवेशनको तयारीका विषयमा भइरहेको कामका बारेमा जानकारी लिएको स्रोतले जनाएको छ । सभापति देउवाले महामन्त्री थापालाई १५औँ महाधिवेशन र राष्ट्रियसभा तथा प्रतिनिधिसभा निर्वाचन निकै नजिक आएको भन्दै रातदिन नभनेर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
महाधिवेशन र दुई वटा निर्वाचनका विषयमा आफ्नो सहयोग रहने भन्दै देउवाले कांग्रेसलाई विजयी बनाउने गरेर काम गर्न सुझाव दिएका छन् ।
सभापति देउवाले महामन्त्री थापासँग क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा भइरहेको प्रगतिको पनि जानकारी लिएका छन् ।
महामन्त्री थापा क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक छन् । समितिमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली सदस्य छन् । समितिको कार्यसम्पादनअनुसार हालसम्म जम्मा १६ जिल्लाले मात्रै नयाँ सदस्यता वितरण र नवीकरण गरेर कार्यसम्पादन पूरा गरेका छन् ।
महामन्त्री थापा नेतृत्वको समितिले दुई वर्षसम्म क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणमा समयमा काम गर्न सकेको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया