एनआरएनए स्टेरिङ कमिटीको बैठक शुक्रबार
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि गठन भएपछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै छ ।
डिसेम्बर ५ तारिख शुक्रबार बिहान ९ बजे बैठक बस्ने जनाइएको छ । गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका दुई समूह महेश कुमार श्रेष्ठ र डा.बद्री केसी पक्षबीच एकता भएको थियो ।
एकतापछि ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ । कमिटीमा रहने १० जनाको नाम सार्वजनिक भइसकेको छ । एकजनाको नाम चाँडै सार्वजनिक हुने बताइएको छ ।
पहिलो बैठकमा संघको काम कारबाहीलाई चुस्त दुरुस्त पार्ने र सहमति अनुसार १२औँ महाधिवेशनका विषयमा पनि छलफल हुनेछ ।
स्टेरिङ कमिटीमा महेशकुमार श्रेष्ठ, डा.बद्री केसी, विनोद कुँवर, आरके शर्मा, विनोद श्रेष्ठ, बीआर लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम र भवानी ओली रहेका छन् ।
एकतापछि अहिले एनआरएनएले राष्ट्रपतिसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग आफ्ना मुद्दाहरूका विषयमा छलफल एवं पैरवी गर्दै आएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया