सभापति देउवासँग युवा नेताहरूद्वारा सामूहिक रुपमा भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग युवा नेताहरूले सामूहिक रुपमा भेट गरेका छन् ।
बुधबार काठमाडौंस्थित निवासमा सभापति देउवासँग रञ्जित कर्ण, पुष्प शाही लगायतका युवा नेताहरूले भेट गरेर १५औँ महाधिवेशनका विषयमा छलफल गरेका हुन् ।
युवा नेताहरूसँग सभापति देउवाले पार्टीलाई एकढिक्का बनाउन आग्रह गरेका छन् । महाधिवेशनमार्फत केन्द्रीय समितिमा युवाको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्न युवा नेताहरूले सभापति देउवासँग आग्रह गरेका छन् ।
सभापति देउवालाई भेट्न नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्ण, नेताहरू पुष्प शाही, दीपक भट्टराई, नवीन राई, शिव रिमाल, मनहरि श्रेष्ठलगायत पुगेका थिए ।
कार्यबाहक सभापतिको जिम्मेवारी दिएका सभापति देउवाले कांग्रेस बचाउन युवा नेताहरूसँग आग्रह गरेका छन् । उनले मुलुकलाई नेतृत्व दिन सक्ने भनेको कांग्रेसले मात्रै सक्ने बताएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया